
सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी सङ्गठनलाई मजबुत बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सभापति देउवाले गाउँ टोलसम्म सम्पर्क बढाएर जनताका सुखदुखमा साथ दिँदै सङ्गठनलाई सशक्त बनाउनमा प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘चुनाव आउन धेरै समय बाँकी रहेपनि आपसी मतभेद एवं असमझदारी हटाएर पार्टीलाई एकजुट बनाउन सकेमा जितको लहर आउनेछ ।’
पार्टीका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले प्रशिक्षक प्रशिक्षणपछि पार्टीको नीति, सिद्धान्तका साथै सङ्घीयता र विकासलगायतका विषयलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।
उहाँले हालसम्म पार्टीले चार प्रदेशमा प्रशिक्षण सम्पन्न गरिसकेको जानकारी दिनुभयो । प्रशिक्षण दुई दिनसम्म चल्ने जनाइएको छ ।
गोदामघर हस्तान्तरण
यसैबीच विश्व खाद्य कार्यक्रम (डब्लुएफपि) अन्तर्गत धनगढी उपमहानगरपालिका–१३ मा निर्मित प्रादेशिक आपत्कालीन गोदाम घर आज सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
गृहमन्त्री रमेश लेखकले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई आज गोदाम घर हस्तान्तरण गर्नुभएको हो ।
त्यसअवसरमा गृहमन्त्री लेखकले जुनसुकै बेला हुनसक्ने जोखिमको विपद् व्यवस्थापन गर्ने पहिलो निकाय स्थानीय सरकार रहेकाले यस्ता गोदाम घर स्थानीय सरकारसँग पनि हुन जरुरी रहेको बताउनुभयो ।
गोदाम घर अबदेखि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत सञ्चालन एवं व्यवस्थापन हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन दिनभित्र शिक्षकहरुलाई काममा फर्किने वातावरण बनाउनु
- कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा
- युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
- भारतलाई पाकिस्तानको कडा प्रत्युत्तर
- आवासीय चिकित्सकले भने - आन्दोलन रोकिदैन
- शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना