
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटवार्तामा उहाँहरुबीच लुम्बिनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सङ्घीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनामा ८० प्रतिशत काम सम्पन्न भएका तथा १५ देखि २० प्रतिशत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउन आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्नुभएको थियो ।
उहाँले भन्नुभयो– ‘सङ्घीय सरकारबाट लुम्बिनी प्रदेशमा खानेपानीका आयोजनामा करिब अढाई करोडभन्दा बढी रकम लगानी भइसकेको छ, थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन्, ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भए पनि बजेट विनियोजन गर्न मेरो आग्रह छ ।’
लुम्बिनीमा कम्तीमा पनि एक अर्ब रुपैयाँ बढी मात्रै बजेट विनियोजन भए सङ्घीय सरकारबाट सञ्चालित खानेपानीका आयोजना सबै सम्पन्न हुने मुख्यमन्त्री आचार्यले जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो– ‘सङ्घले शुरु गरेका खानेपानीका आयोजना सङ्घले नै सम्पन्न गर्नुपर्ने हाम्रो माग छ, सङ्घले बजेट थपदिनु प¥यो, होइन भने आफैँ आयोजना सम्पन्न गर्नु पर्यो ।’
त्यस अवसरमा मन्त्री यादवले थोरै रकमले काम सम्पन्न गर्न सकिने र नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न सकिने आयोजनाका विषयमा प्रदेश सरकारले लिखित रुपमा मन्त्रालयमा जानकारी गराएको खण्डमा ती आयोजना सम्पन्न गराउनेतर्फ मन्त्रालय अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘बजेट अभाव छ, नयाँ योजना नराखौँ, ८० प्रतिशत काम सम्पन्न भएका र थोरै लगानीमा पूर्व रुपमा काम सम्पन्न हुने अवस्थामा रहेका आयोजनाका विषयमा जानकारी दिनुहोला, आयोजना सम्पन्न गर्न हामीबाट पूर्ण सहयोग रहने छ ।’
भेटवार्तामा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, लुम्बिनी प्रदेशका सचिव, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै