
ललितपुर । बाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सूचनाले सत्य र वास्तविकताको नजिक पुर्याउँदै सही दिशामा हिँड्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रदेश सूचना पुनरावेदन समिति बाग्मती प्रदेशले आज आयोजना गरेको सूचनाको हक प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा उहाँले सुशासन स्थापना गर्न सूचनाको हकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सूचनाको हक केवल कानुनी प्रावधानका लागि मात्रै नभएर नागरिकलाई सशक्तिकरण गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
‘लोकतन्त्रको बलियो जग पारदर्शिता र सहभागितामा अडिएको छ, प्रविधिमा आएको नवीनतम् विकासले सूचना बिना केही पनि नहुने अवस्था आएको छ, विगतमा सूचनाको पहुँच शासक वर्गमा मात्रै सीमित थियोे, लोकतन्त्र र गणतन्त्र स्थापनासँगै पारदर्शिता र जवाफदेहिता तीनै तहका सरकारको प्राथमिकतामा परेको छ’ मन्त्री लामिछानेले भन्नुभयो । उहाँले सूचनाको हकले नीतिगत भ्रष्टाचारलाई रोक्न महत्वपूर्ण काम गर्ने बताउनुभयो ।
मानवअधिकारकर्मी सुदीप पाठकले मानिसका सबै अधिकारसँग सूचनाको हक जोडिएको भन्दै सूचनाको हकले लोकतान्त्रिक सरकारको सुशासन कायम गर्ने बताउनुभयो । उहाँले सूचनाको हकले नागरिकलाई अधिकारसम्पन्न बनाउँदै राज्यको व्यवस्थामा जानकारी राख्दै लाभ हासिल गर्न सहयोग पु¥याउने धारणा राख्नुभयो । राज्यले गरेका काम ठीक छनेर भनेर अवगत गराउनेमा पनि सूचनाको हक आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रदेश सूचना पुनरावेदन समिति प्रदेश अध्यक्ष हरिप्रसाद अधिकारीले सन् १७६६ मा स्वीडेनबाट शुरु भएको सूचनाको हकसम्बन्धी व्यवस्था हाल १२९ देशमा कानुन नै बनाएर व्यवस्था गरिएको र ६२ देशले संविधानमा नै उल्लेख गरेर नागरिकप्रतिको जिम्मेवारी र जवाफदेही भूमिका निर्वाह गरिरहेको जानकारी गराउनुभयो ।
अधिकारीले नागरिकले सूचनाको हकअनुसार सूचना नपाउँदा राज्यको संयन्त्र र व्यवस्थाप्रति नै वितृष्णा पैदा हुने धारणा राख्नुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा राज्यको जिम्मेवार तहमा बसेका सूचना अधिकारी र कार्यालय प्रमुखले नागरिकलाई सहज रुपमा सूचना उपलब्ध गराएर उनीहरुको आवश्यकतालाई पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिका सदस्य कृष्ण सारु मगरले प्रदेश सरकारले ऐनले तोकेको क्षेत्रमा आधारित रहेर समितिले काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले नेपालको संविधानमा उल्लेख भएको सूचनाको हक कार्यान्वयनका लागि काम गर्दै नागरिकमा सूचनाको पहुँच सहज रुपमा पुर्याउने अभिप्रायले बाग्मती प्रदेशमा ऐनअनुसार सूचना पुनरावेदन समिति गठन भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै