+

नेपालमा अब राजतन्त्र आउन्न : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँँ ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र कहिल्यै नआउने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो जन्मदिनको अवसरमा निवास परिसरमा वृक्षरोपण गर्दै यस्तो बताउनुभएको हो ।


पूर्वप्रधानमन्त्री नेपालले जन्मदिनका अवसरमा शुक्रबार कोटेश्वरस्थित निवास  परिसरमा एभोकार्डो र अम्वाका बिरुवा रोप्नु भएको छ । 

बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको धारणा व्यक्त  गर्नुभएको हो । अध्यक्ष नेपालले  पूर्वराजा ज्ञानेन्द्र शाहलाई यदि राजनीति र  देश  विकास गर्ने चाहना चुनाव लडेर प्रधानमन्त्री बन्न  सुझाव दिनुभएको छ । 

अध्यक्ष नेपालले  रौतहटबाट पहिलोपटक अभियानका रूपमा शुरुवात गरिएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियानलाई एक्यवद्धता शुरुवात गरिएको जन्मदिनलाई सत्कर्ममा जोडौ अभियानमा ऐक्यवद्धता जनाउँदै विरुवा रोप्नुभएको हो । यस्तो अभियान पत्रकार गोविन्द चौलागाईको अगुवाइमा संचालन हुँदै आएको छ । 

नेपाल पत्रकार महासंघको काडमाडौँ शाखा अध्यक्ष हुम्दै केन्द्रीय सचिव समेत बनिसक्नुभएका संचारकर्मी चौलागाईले सर्वसाधारणदेखि विभिन्न क्षेत्रमा ओहदामा रहेकाहरुलाई समेत आफ्नो जन्मदिन कम्तीम एउटा भए पनि विरुवा रोप्न अभिपे्ररित गर्दै आउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै