
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौँ आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी प्रवेशमा रोक लगाइको छ। पोखरा बसाइपछि आइतबार काठमाडौँ फर्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने राजावादीहरूले तयारी गरेपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने सबै सवारी प्रवेशमा रोक लगाएको हो ।
दिउँसो करिब तीन बजे पूर्वराजा शाह काठमाडौँ आउने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थलमा टिकट लिएका यात्रुलाई मात्रै प्रवेश अनुमति भएपनि सवारी प्रवेशमा रोक लगाइएपछि यात्रुलाई त्यहाँ पुग्नसमेत कठिनाई भएको हो।
विमानस्थल प्रवेश गर्ने यात्रुलाई हिँडेर प्रवेश गर्नुपर्ने बाध्यता भएको छ। यात्रुहरूलाई मुख्य गेटबाट प्रवेशमा रोक लगाइएको छ। टिकट र ब्याग चेक गरी उनीहरूलाई साइडको गेटबाट भित्र प्रवेश गर्न दिइएको छ।
‘फ्लाइट छुट्नै लाग्दा’ पनि प्रवेश गर्न नदिइएको यात्रुहरूको गुनासो रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना
- तीन दिनभित्र शिक्षकहरुलाई काममा फर्किने वातावरण बनाउनु
- कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा
- युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
- भारतलाई पाकिस्तानको कडा प्रत्युत्तर
- आवासीय चिकित्सकले भने - आन्दोलन रोकिदैन