
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि प्रकारको कानुन नबन्ने स्पष्ट पार्नुभएको छ ।
अर्थप्रधान सञ्चार माध्यमहरुको छाता संस्था इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) को आज राजधानीमा सम्पन्न दोस्रो वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले संविधान प्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत जान नहुनेमा आफू स्पष्ट बताउनुभयो ।
‘संसदमा विचाराधीन विधेयकबारे तपाईंहरूको चासोबारे म जानकार छु । प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम हुँदैन÷हुने छैन’ उहाँले भन्नुभयो । उहाँले कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पु-याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुनेमा पनि जोड दिनुभयो ।
देश अहिले सङ्क्रमणकालीन अर्थतन्त्रको चरण पार गर्दै उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले विगतका आर्थिक नीतिलाई परिमार्जन गर्दै नयाँ सम्भावना खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य आवश्यक रहेको धारणा समेत राख्नुभयो ।
तथ्यमा आधारित समाचारका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने प्रवृत्ति विकसित हुन नसकेको, विज्ञापन र आर्थिक लाभका कारण कतिपय अवस्थामा समाचार सङ्कलनमा प्रभाव पर्ने गरेको उल्लेख गर्दै चिन्ता व्यक्त गर्नुभयो ।
आर्थिक पत्रकारिता केवल समाचार सम्प्रेषणको माध्यम मात्र नभई, नीति–निर्माण र दिगो विकासलाई दिशा दिने एक महत्त्वपूर्ण साधन हुनुपर्ने उहाँको धारणा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन