
महोत्तरी । मिथिला माध्यमिकी १५ दिने परिक्रमामा यात्रीले महोत्तरीको यात्रा सकिएको छ ।
यात्राको चौथो दिनदेखि आठौँ दिनसम्मको रात्रिवास महोत्तरीमा गरेका यात्री आज नवौँ दिन बिहान कञ्चनवनबाट धनुषाका लागि प्रस्थान गरेका हुन् ।
कञ्चनवनको रात्रि विश्राम गरेसँगै आज बिहान यहाँबाट यात्री धनुषा प्रवेश गरेपछि महोत्तरीको यात्रा सम्पन्न भएको हो । महोत्तरीमा मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन परिक्रमाका रात्रिवास रहने परम्परा छ ।
परिक्रमाका यात्री आज बिहान कञ्चनवनमा स्नान गरेर रङ खेल्दै रामसीताको भजन गाउँदै अघिल्लो यात्राका लागि प्रस्थान गरेका छन् । यसअघि बिहीबार कञ्चनवन आएर यात्रीले होरी (फागु) महोत्सव मनाएका थिए । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर अबीर खेलेका विश्वासमा यहीबाट होली पर्व प्रारम्भ हुने परम्परा छ ।
आज यात्री धनुषाको क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै धनुषाकै पर्वतामा रात्रिबास गर्नेछन् । त्यसपछि १० औँ दिन धनुषाधाम, ११ औँ दिन सतोखरधाम र १२ औँ दिन औरहीमा रात्रिवासपछि परिक्रमा टोली १३ औँ दिनको विश्रामका लागि भारतको मधुवनी जिल्लामा पर्ने करुणा पुग्नेछ । त्यसपछि १४ औँ दिन मधुवनीकै बिसौलमा बसेपछि यात्री अन्तिम बासका लागि धनुषाको जनकपुरधामस्थित रङ्गभूमि मैदान ९बाह्रबिघा० पुग्नेछन् ।
यसअघि पहिलो दिनको बास धनुषाकै हनुमानगढीमा गरेका यात्रीले दोस्रो र तेस्रो दिनको बास मधुवनीको कलना (कल्याणेश्वर) र फुलहर (गिरिजास्थान) मा गरिसकेका छन् ।
अन्तिम दिन (१५ औँ दिन) रङ्गभूमिमा रात बिताएर भोलिपल्ट जनकपुरधामको अन्र्तगृह परिक्रमा गरेपछि यो मध्यमा यात्रा सम्पन्न हुने परम्परा छ । यो यात्रा सम्पन्न भएको भोलिपल्ट फागुपर्व मनाउने मैथिल परम्परा छ । मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी) का प्रतिमा डोलामा अघि लगाएर गरिने यो १५ दिने यात्रा मिथिलाको महाकुम्भ पनि भनिन्छ ।
मिथिला माध्यमिकी परिक्रमा कल्याणदायक हुने र मोक्ष प्राप्त हुने मैथिल जनविश्वास छ । मन, विचार शुद्धि र परोपकारमा लाग्न यो यात्राले अभिप्रेरित गर्ने मैथिल संस्कृतिका जानकार बताउँछन् ।
माध्यमिकी परिक्रमाको कूल १ सय ३३ किलोमिटर दूरीमध्ये महोत्तरी जिल्लामा २५, धनुषामा ८० र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा २८ किलोमीटरको दूरी तय गरिने परम्परा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन