
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रमा उद्यमशिलता विकास गर्नुपर्ने बताउनुभएको छ ।
‘वन, वन्यजन्तु र जलाधार पेशागत ऐक्यबद्धता समृद्धिको आधार’ नाराका साथ नेपाल वन प्राविधिक सङ्घ (एनएफए) को स्थापनाको ५०औँ वार्षिक उत्सवको सन्दर्भमा आयोजित स्वर्ण महोत्सव समारोहमा उपराष्ट्रपति यादवले वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न वन उद्यमको विकासमा जोड दिनुभएको हो ।
उपराष्ट्रपति यादवले नेपालको वन संरक्षण र दिगो उपयोगमा वन प्रविधिको भूमिका रहेको उल्लेख गर्दै थप वन क्षेत्रको विकासका लागि अझै अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘जलवायु परिवर्तनको प्रभाव, वनजन्य स्रोतकोे दिगो उपयोग, पारिस्थितिकिय प्रणालीको संरक्षणमा सङ्घको भूमिका छ । पछिल्ला वर्षमा वन केन्द्रित दिगो विकासका प्रयास भएका छन्’ उहाँले भन्नुभयो– वन क्षेत्रको संरक्षण सम्वर्द्धन, र दिगो व्यवस्थापनका लागि समन्वय जरुरी छ । नीतिगत सुधार, नविन प्रविधिको प्रयोग गर्दै नेपालको हरियो वन नेपालको धन बनाउन सकेमा मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्वपूर्ण हुने छ ।’
वन तथा वातावरण संरक्षणसम्बन्धि जनताको चेतना बढाइ वातावरणमा पर्न सक्ने क्षतिको असर न्यूनिकरण गर्न जैविक विविधताको संरक्षण गर्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।
‘पछिल्लो समय तराई मधेशमा पानीको मुहान सुक्दै गइरहेका छन् । यसले गर्दा तराई मधेश मरुभूमी अवस्थामा पुग्न सक्छ । समस्या समाधानका लागि सङ्घले आवश्यक योजना बनाउन सरकारलाई सुझाव दिन जरुरी छ’ उहाँले भन्नुभयो ।
वन तथा वातावरण क्षेत्रको अध्ययन र अनुसन्धान गर्ने वन प्राविधिकको पशागत सुरक्षा गर्दै एनएफएले सरोकारवालाबीच जैविक विविधता संरक्षण, जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा उठाउन सरकारलाई सहयोग गर्नुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिनुभयो ।
‘वन व्यवस्थापनको लक्ष्य हासिल गर्नुपर्छ । यसका लागि सहकार्य र समन्वय आवश्यक छ’ उहाँले भन्नुभयो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रको विकास र संक्षरण तथा सम्वर्द्धन गर्दै वनबाट रोजगारी बढाउन वन प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
‘वन क्षेत्रको विकास बढिरहँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । पछिल्लो सयम जलवायु परिवर्तनको असरसमेत बढिरहेको छ । यी समस्या न्यूनिकरणका लागि सहकार्य जरुरी छ’ उहाँले भन्नुभयो– ‘नेपाल वन प्राविधिक परिषद् बनाउने प्रक्रिया छिट्टै अगाडि बढ्ने छ ।”
एनएपmएका अध्यक्ष राकेश कर्णले वन क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्दै, दिगो उपयोग तथा वन प्राविधिकको पेशागत सुरक्षा कायम राख्न एनएफएको भूमिका रहने बताउनुभयो ।
अन्तर्राष्ट्रिय रेन्जर महासङ्घको तर्फबाट एसियाका उपाध्यक्ष माधव खड्काले एनएफएको स्वर्ण महत्सवको अवसरमा शुभकामना दिनुभयो । त्यस अवसरमा संस्थापक सदस्य तथा संस्थाको हकहितमा काम गर्ने कपिल चित्रकार, मनमोहन ध्वज जोशी, राजन रेग्मी लगायतलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना