
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लगानी गर्ने सहज वातावरण बनाउन लागिपरेको बताउनुभएको छ ।
दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालको १८औँ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई लगानीमा उत्साहित हुने वातावरण तयार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘तपाईंहरु लगानी गर्न उत्साहित भएर लाग्नुस्, लगानीको वातावरण सरकारले निर्माण गर्छ ।’
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख टीकाराम खड्काले शिक्षा, स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रले खेलेको भूमिका उल्लेख्य रहेको बताउनुभयो । निजी क्षेत्रको लगानीले पनि राज्यलाई सहयोग पु¥याएको उहाँको भनाइ छ ।
२७ करोड रुपैयाँँ लगानी गरेर सञ्चालनमा आएको एक सय शय्याको अस्पतालले वार्षिक १७ करोेड ७३ लाख रुपैयाँ वार्षिक कारोबार गर्दै आएको जनाएको छ । अस्पतालले प्रमाणपत्र तहमा नर्सिङ र सामान्य चिकित्साको कक्षा सञ्चालन गरिरहेको छ, भने आगामी वर्षमा ल्याब र फार्मेसीका कार्यक्रम सञ्चालन गर्ने गरी अनुमति ल्याइसकेको अस्पतालका अध्यक्ष हरि रिजालले बताउनुभयो ।
अस्पतालले जनरल मेडिसिन, हाडजोर्नी तथा नसा, प्रसूति तथा स्त्रीरोग, जनरल सर्जरी, नवजात तथा बालरोग, नाक, कान, घाँटी रोग, मानसिक तथा नशा रोग, रेडियोलोजिस्ट, एनेसथेसिया तथा कृटिकल केयर न्यूरो, फेजिसियन लगायतका विशेषज्ञ सेवा प्रदान गरेको छ ।
अस्पतालले १० प्रतिशत श्यया निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै नर्सिङ र सामान्य चिकित्सा अध्ययनरत १० प्रतिशत विद्यार्थीलाई निःशुल्क अध्यापन पनि गराउँदै आएको जनाएको छ । अस्पतालमा दुईसय नौ जनाले रोजगारी पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै