
काठमाडौँ । नेपालीहरु वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगिने र विदेश पुगिहाले पनि त्यहाँ जानुअघि लैजाने पक्षसँग गरिएको सहमति अनुसारको काम नपाएर दु :ख पाउने क्रम रोकिएको छैन ।
जर्मनी जानेहरुले पनि यस्तो कथाव्यथा भोग्दै आएका छन् । यस्तै गतिविधिमा जोडिएका छन् जर्मनीको केन्द्र बर्लिनमा कर्मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका फलिन्द्र चौलागाइँ । चौलागाइँ मोटो रकम असुलेर अदक्ष कामदारलाई होटल कुकको रुपमा जर्मनी पुर्याउँछन् ।
चौलागाइँले आफ्नै लगानीमा सञ्चालन गर्दै आएको कर्मा रेष्टुरेन्टका लागि दक्ष कामदारु आवश्यक परेको कागजात मिलाएर मोटो रकम बुझाउने जस्ता पायो त्यस्तै नेपालीलाई जर्मनी पुर्याउने गर्छन् ।चौलागाइँले सन् २०१२ देखि नै यस्तो कार्य गर्दै आएका छन् । कर्मा रेष्टुरेन्टका लागि अहिलेसम्म कति नेपाली जर्मनी छिरे, को कसबाट फलिन्द्रले कति रकम असुल गरे ? मोटो रकम बुझाएर त्यहाँ पुगेकाहरुले के कस्तोसम्म दुःख पाए ? त्यो खोजको विषय बनेको छ ।
खासगरी यूरोपमा झिकाउने कामदारसँग विशेष दक्षता हुनुपर्ने व्यवस्था भएकाले ‘नेपाली कुक’ का नाममा यूरोप मात्रै छिराउने उद्देश्यका साथ कामदार झिकाउने गर्छन्, फलिन्द्र । आफ्नो रेष्टुरेन्टलाई कामदार चाहिएको बहाना बनाएर १५ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका फलिन्द्रले जर्मनी पुगिसकेपछि भने ५ /७ महिना मात्रै आफ्नो रेष्टुरेन्टमा काम लगाउँछन् । यसरी लगिकाहरुले अन्यत्र काम पाएपछि फेरि कामदार आवश्यक परेको भन्दै मोटो रकम असुलेर अर्को कामदार झिकाउँछन् उनी ।
त्यसरी जर्मनी जानेहरुबाट फलिन्द्रले १५ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेको पीडितहरु सुनाउँछन् । पीडितहरुका अनुसार अर्को ठाउँमा काम नपाउँदासम्म फलिन्द्रले आफ्नै रेष्टुरेन्टमा अति सामान्य पारिश्रमिक लिएर काम गर्नु पर्ने शर्त राखेका हुन्छन् ।
जसरी भए पनि यूरोप मात्रै छिर्न पाए हुन्थ्यो भन्ने आशमा रहेकाहरुलाई फलिन्द्रको प्रस्ताव आकर्षक नै लाग्छ । तर यसरी जर्मनी पुर्याएकाहरु मध्ये अधिकाँशले दु : ख पाउने गरेका छन् । फलिन्द्र पछिल्लो पटक जर्मनी पुर्याएर बेस्सरी दु ख पाउनेहरुमा पर्छन् प्यूठानका नारायणप्रसाद आचार्य ।
होटल सम्बन्धी सामान्य काम समेत नजानेका आचार्यलाई फलिन्द्रले १७ लाख रुपैयाँ लिएर कुकको काम गर्ने भन्दै जर्मनी पुर्याए । तर त्यहाँ पुगेपछि आचार्यले होटलमा सबै भन्दा तल्लो तहको काम गर्न बाध्य हुनुपर्यो । फलिन्द्रले जर्मनी लग्नेक्रमा आफूसँग गरेको सम्झौता रद्द गरिदिएपछि आफू सामान्य मजदुरको रुपमा रहेको र त्यसपछि असाध्यै दु : ख पाएको आचार्यको गुनासो छ । जर्मनी जाँदा उत्साहसित पुगेका आचार्य आचार्य त्यहाँ पुगेपछि भने अहिले पुर्पुरोमा हात लगाएर बस्नु बसेको छ ।
आचार्य फलिन्द्रको सल्लाह अनुसार बूढानिलकण्ठ र जावलाखेलमा रहेका रेष्टुरेन्टमा काम गरेको अनुभवसहितको सिफारिसपत्रका आधारमा सेफको रुपमा जर्मनी पुगेका थिए । आचार्यले सेफ एशोसिएशनबाटै यस्तो सिफारिस लिएका थिए । यो प्रकरणबाट सेफ एशोसिएशनका केही पूर्व र वहालवाला पदाधिकारीले चलखेलकै आधारमा मोटो रकम जो कोहीलाई कुकको सिफारिस पत्र दिने गरेको रहस्य समेत खलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै