
नवलपुर । नवलपुरका द्वन्द्वकालमा ज्यान गुमाएका ८६ शहीदका परिवारलाई सम्मान गरिएको छ ।
द्वन्द्वपीडित महिला सञ्जालले २०५२ साल फागुन १५ गते जिल्लामा पहिलो शहीद भएको सम्झनामा यहाँका ८६ जना शहीदका परिवारलाई सम्मान गरेको हो । सञ्जालकी अध्यक्ष पार्वती सिग्देलका अनुसार जिल्लामा १ सय ३ जना शहीदका परिवार रहेका भए तापनि सम्पर्कमा आएका ८६ जनाका परिवारलाई सम्मान गरिएका हो ।
जिल्लामा शहीद, बेपत्तालगायत विभिन्न किसिमका यातना भोगेका सूचीकृत परिवारका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘यस वर्ष १२ जना बालबालिका शहीद परिवारबाट थपिएका छन्, उनीहरूलाई आगामी आर्थिक वर्षलेखि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै