+

प्रधानमन्त्रीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकबाट उहाँले यो पर्व मनाउने  सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । 


 “आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व, तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन् । 

ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना १ सबैको जय होस्”, पृष्ठभूमिमा हिमाल पारेर शेर्पा समुदायको परम्परागत पोसाक लगाएका एक महिला र पुरुषको तस्बिर फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीले लेख्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै