
विर्तामोड । ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली शुरु भएको छ ।
काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार यो प्रणाली लागू भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथ ट्राफिक नियम विपरीत सवारी साधन चलाएवापत दण्डित सवारी चालकले नगदको सट्टाबैंकिङ प्रणालीबाट कारोवार गर्नुपर्ने हुन्छ ।
यसअघि झापाको विर्तामोड र दमकमा शुरु भएको टिभिआरएस प्रणालीलाई पूर्वतर्फ विस्तार गरी मेचीनगरसम्म पुर्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । झापाको गौरीगञ्ज, कन्काई, सुरुङ्गा, बुद्धशान्ति, अर्जुनधारा लगायतका सडकमार्गसमेतमा टिभिआरएस सेवा क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको स्वचालितरूपमा पहिचान भई ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने भएकाले सवारी साधनको चाप हुने प्रमुख सडकमार्गमा यो प्रणाली लागू लागेको ट्राफिक प्रहरी कार्यालय झापाले स्पष्ट गरेको छ ।
टिभिआरएस प्रणालीेले सवारी साधनको गति, लेन परिवर्तन, ट्राफिक सङ्केत उल्लङ्घनजस्ता गतिविधिलाई निगरानी गरी अभिलेखीकरण गर्ने भएकाले ट्राफिक नियम पालनामा सुधार ल्याउने र दुर्घटना दर घटाउने अपेक्षा गरिएको छ ।
यसैगरी दण्ड जरिवानावापत तिर्नुपर्ने तोकिएको रकम सोझै राजश्वमा दाखिला हुने भएकाले पारदर्शी र जवाफदेही बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन