
मोरङ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाशिवरात्रि पर्वको सम्पूर्ण स्वदेशी तथा विदेशी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले आज एक शुभकामना सन्देश जारी गर्दै पर्वको उपलक्ष्यमा प्रदेशसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको हो ।
‘हाम्रो मुलुकमका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ । आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरुपम मानेर आस्था राख्ने विश्वभरिका श्राद्धालुका लागि नेपाल सदैव आध्यामिक चिन्तनको केन्द्र रही आएको छ’ सन्देशमा भनिएको छ ।
उहाँले यसपर्वले हामीलाई एक आपसमा मिलेर बस्न र भाइचाराको भावना विकास गर्न सहयोग पु¥याएको भन्दै बहुभाषिक, बहुधार्मिक र बहुजातिय मिश्रण रहेको हाम्रो मुलुकमा यस्ता आस्थाका धरोहरले धार्मिक सहिष्णुता अभिवृद्ध गरेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले पवित्र पाशुपतक्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुका लागि गौरवको विषय हो भन्दै पवित्र पाशुपात क्षेत्रको विकास र प्रचारप्रसार गर्दै नेपालमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो ।
उहाँले सन्देशमा भन्नुभएको छ– ‘प्रदेश सरकार सबै किसिमका धर्म र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै धार्मिक क्षेत्रको विकासलाई पर्यटनसँग जोडेर धार्मिक पर्यटन प्रवर्द्धनको अभियानमा क्रियाशील छ ।’
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको उल्लेख गर्नुभएको छ । उहाँले शिवरात्रिसँगै मनाइने सैनिक दिवसका अवसरमा पनि शुभकामना व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन