
काभ्रे । नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ ।
नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले आइतबारदेखि स्क्रीनिङ अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्ला केही वर्षदेखि ३० वर्ष भन्दामाथि उमेर समूहकामा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएकाले स्क्रीनिङ अभियान गरिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अभियानमा उमेर समूहमा बीएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह तथा मृगौँलाको परीक्षण गरिनेछ । अभियानमा स्वास्थ्य परीक्षण पश्चात नसर्ने रोगको पहिचान भएकालाई परामर्श गरिने छ ।
कार्यालयका अनुसार सहरी स्वास्थ्य कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ स्थानमा अभियान कार्यक्रम सञ्चालन गरिने छ, भने जिल्लाको १३ वटै स्थानीय तहले यससम्बन्धी छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नेछन् । अभियान कार्यक्रमले काभ्रेपलाञ्चोकमा नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिएको छ । अभियान एक महिना सञ्चालन हुने जनाइएको छ ।
यसैबीच मण्डनदेउपुर नगरपालिकाले मोतियाविन्दु पहिचान तथा शल्यक्रियाका लागि निःशुल्क आँखा शिविरको सुरुआत गरेको छ । आइतबार वडा नम्बर १ स्थित डाँडागाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सुरु गरिएको शिविर बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले प्राविधिक सहयोग गरेकोमा नगरको १२ वटै वडामा सञ्चालन गर्ने जनाइएको छ । शिविरमा आँखामा मोतियाविन्दुको समस्या देखिएकाको मासुनागा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।
नगर स्वास्थ्य शाखाका अनुसार आइतबार सञ्चालित शिविरमा ७२ जनाको आँखा परीक्षण गरिएकामध्ये ६ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । आँखामा समस्या देखिएकाको क्रमैसँग शल्यक्रिया गर्दै जाने शाखाले जनाएको छ ।
आज वडा नम्बर २ को बालुवापाटी स्वास्थ्य चौकी तथा बिहीबार वडा नम्बर ५ स्थित गैह्रीबिसौना स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै