
काठमाडौँ । जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान आजदेखि झापाबाट शुरु भएको छ । झापाको कचनकवलको बनियानी बजारमा आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको औपचारिक उद्घाटन गर्नुभयो ।
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार यो अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ ।
पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । बैठकले वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको संक्षिप्त समीक्षा, राष्ट्रिय परिस्थितिमा आफ्नो पार्टी नेतृत्वको सरकारले सुशासनको निम्ति भ्रष्टाचार विरुद्व अभियान शुरु गरेको र त्यही क्रममा भ्रष्टहरूले रातारात सरकार परिवर्तन गरेको निष्कर्ष निकालेको थियो ।
अभियान टोलीमा सहभागी पार्टी अध्यक्ष दाहालको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मी रहने जनाइएको छ ।
सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र स्थानीय जनता अभियानमा सहभागी हुने बताइएको छ ।
अभियानका लागि स्वयंसेवकको व्यवस्था सम्बन्धित प्रदेश समितिले गर्नुपर्ने छ । साथै स्थानीय विशेषता सहितका सांस्कृतिक टोलीहरू, स्थानीय भेषभुषा, झाँकीहरू, स्थानीय पार्टी समितिले तय गर्नुपर्ने छ ।
अभियानको व्यवस्थापन सम्बन्धित प्रदेश इञ्चार्जको नेतृत्वमा सम्बन्धित जिल्ला पार्टीहरूले गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै