
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वव्यापी उच्च तापमान वृद्धिको प्रमुख कारणका रूपमा रहेका हाइड्रोफ्लोरो कार्बन जस्ता रसायनको प्रयोग नियन्त्रण गर्न ‘मोन्ट्रियल प्रोटोकल’को ‘किगाली’ संशोधन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले उक्त प्रस्तावलाई यथाशक्य चाँडो अनुमोदन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले ओजोन तहको रक्षा र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अति आवश्यक रहेको ओजोन तह नष्ट गर्ने पदार्थसम्बन्धी मोन्ट्रियल प्रोटोकलको किगाली संशोधन कार्यान्वयनका लागि तयार पारिएको उक्त प्रस्ताव प्रस्तुत गर्नुपरेको जानकारी गराउनुभयो ।
‘ओजन तहको संरक्षणका लागि व्यवस्था भएको भियाना महासन्धि र यसै महासन्धिको अधीनमा रही ओजोन तह नष्ट गर्ने रसायन÷पदार्थको उत्पादन एवं खपत कम गर्न र ओजोन तहको विनाश घटाउन तयार भएको हो’ मन्त्री ठकुरीले भन्नुभयो– ‘ओजोन तह नष्ट गर्ने पदार्थसम्बन्धी मोन्ट्रियल प्रोटोकलमा नेपालले अनुमोदन गरी सन् १९९४ जुलाई ६ देखि पक्ष राष्ट्र भइसकेको छ ।’
यसैगरी, मोन्ट्रियल प्रोटोकलमा विभिन्न समयमा गरिएका चारवटा संशोधनहरू ९लन्डन, कोपन्हेगन, मोन्ट्रियल र बेइजिङ संशोधन० लाई समेत नेपालले अनुमोदन गरिसकेको उहाँले जानकारी गराउनुभयो । यस्तै, सन् २०१६ मा रुवान्डाको किगालीमा सम्पन्न मोन्ट्रियल प्रोटोकलका पक्षराष्ट्रको २८औँ बैठकले किगाली संशोधन पारित गरेको थियो ।
मोन्ट्रियल प्रोटोकलका २० भन्दा बढी राष्ट्रले अनुमोदन गरेपश्चात् विसं २०७५ पुस १७ गतेदेखि किगाली संशोधन कार्यान्वयनमा आइसकेको छ । हालसम्ममा एक सय ६३ राष्ट्रले किगाली संशोधन अनुमोदन गरिसकेका छन् । यस संशोधनले ओजोन तहलाई प्रत्यक्ष असर नगर्ने तर विश्व तापमान वृद्धिको प्रमुख कारणमध्ये एक रहेका हाइड्रोफ्लोरो कार्बन तथा हाइड्रोफ्लोरो कार्बन समाविष्ट मिश्रणको प्रयोगलाई नियन्त्रण गर्ने लक्ष्य राखेको मन्त्री शाहीले बताउनुभयो । यसले तिनको उत्पादन र खपतलाई क्रमशः न्यूनीकरण गरी वातावरणीय सन्तुलन कायम गर्न नेपाल सरकारद्वारा लिइने नीति तथा रणनीति तय गर्नेछ ।
बैठकले त्यो प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यसअघि उहाँले ‘मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, चन्दा कार्की भण्डारी, नागिना यादव, ध्रुवबहादुर प्रधान, विमला सुवेदी, माधव सापकोटा, विनिता कठायत, नारायणी शर्मा, हेमराज राई, सराजअहमद फारुकी, एकनाथ ढकाल र अब्दुल खाँनले भाग लिनुभएको थियो ।
यसैगरी, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन, २०७९÷०८० पेस गर्नुभएको थियो । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पे.श गर्नुभएको थियो । त्यो प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विसं २०७० मा काभ्रेबाट संविधानसभा सदस्यमा निर्वाचित हाल नेकपा एकीकृत समाजवादीमा आबद्ध विदुरप्रसाद सापकोटाको ५९ वर्षको उमेरमा फागुन ८ गते भएको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते १ बजे बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा