
सुनसरी । नेकपा माओवादी (केन्द्र)ले भोलि फागुन १२ गतेदेखि जनतासँग माओवादी कार्यक्रम अन्तर्गत तराई-मधेश जागरण अभियान शुरु गर्दैछ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि झापाबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका सुनसरी इन्चार्ज अनिता परियारले जानकारी दिनुभएको छ।
भोलि झापाबाट शुरु हुने जागरण अभियान आगामी चैत्र ८ गते कैलालीमा पुगेर समापन गर्ने कार्यक्रम रहेको छ।
तराई-मधेस केन्द्रित जागरण अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित २१ जना केन्द्रीय पदाधिकारीको सहभागिता रहने सुनसरी इन्चार्ज परियारले बताउनुभयो ।
जनतासँग माओवादी कार्यक्रम अन्तर्गत यही फागुन १५ गते सुनसरीको इनरुवा १० स्थित जालपापुरमा जागरण सभा आयोजना गरिनेछ। जाल्पापुरमा हुने जागरण अभियानलाई सफल बनाउन सुनसरी इन्चार्ज परियार लगायतका जिल्ला स्तरीय नेताहरु अहिले तयारीमा जुटेका छन् ।
जागरण अभियानसँगै सुनसरीमा इनरुवा नगर समितिको दोस्रो अधिवेशन समेत उद्घाटन गर्ने कार्यक्रम रहेको इन्चार्ज परियारले नेपालकैरनलाई बताउनुभयो।
सरकारबाट बाहिरिएपछि पछिल्लो समय माओवादी केन्द्रले जिल्ला र गाउँ केन्द्रित जागरण सभाहरुलाई तीव्रता दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै