
काठमाडौँ । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उहाँले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले स्वाभिमान अर्थतन्त्रको निर्माणभन्दा पनि वैदेशिक रोजगारी, विप्रेषणमा मात्र भरपर्न नहुने बताउनुभयो ।
सांसद शारदादेवी भट्टले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्साललाई न्याय दिलाउनुपर्ने माग गर्नुभयो । उहाँले महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै ‘दुःखका साथ भन्नुपर्छ, निर्मला पन्थ, प्रकृति लम्साल, रिङ्कुकुमारी सदा जस्ता धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ’ भन्नुभयो ।
सरकारले हालै जारी गरेका अध्यादेशको विरोध उपयुक्त नभएको तर्क गर्दै उहाँले सबै मिलेर तिनलाई पारित गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभाका बारेमा हालै दिएको अभिव्यक्तिप्रति उहाँले आपत्ति जनाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै