
काठमाडौँ । सांसदहरुले भारतको उडिसा राज्यको केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त गर्नृुभएको छ ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज सांसद पदम गिरीले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै पीडितले आफूलाई मानसिक र शारीरिक यातना दिइरहेको र सुरक्षा चाहिएको भनेर जानकारी गर्दा पनि वेवास्ता गरिएकोप्रति भत्सर्ना गर्नुभयो ।
उहाँले त्यो घटनाप्रति आक्रोशित नेपाली विद्यार्थीहरुले विरोध गर्दा विश्वविद्यालयले स्थानीय गुण्डा र सुरक्षागार्ड लगाएर आफ्ना सामाना समेत लिन नपाइकन रेलवे स्टेसनमा पुर्याउने काम गरेको उल्लेख गर्दै विरोध जनाउनुभयो ।
सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले दिएको अभिव्यक्तिलाई लिएर पक्ष र विपक्षमा बहस भइरहेको उल्लेख गर्दै कुनै पनि वाहानामा लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार सैह्य नभएको बताउनुभयो । उहाँले जुन आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनाएको र त्यही आन्दोलनले नै राजालाई नागरिक बनाएको हुनाले पूर्वराजा र समर्थकहरुलाई उक्त सपना नदेख्न आग्रह गर्नुभयो ।
सांसद रमा कोइरालाले विदेशमा भिजिट भिसामा जानेलाई कानुनी मान्यता दिन नहुने र गैरकानुनी बाटोबाट लगेर सूचीकृत गर्ने कुराप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले गैरकानुनीरुपमा मेनपावर कम्पनीले रोजगारीमा पठाएर कामदारलाई समस्यामा पार्ने गरेको र त्यसमा महिला कामदारहरु बढी मारमा पर्ने गरेको बताउनुभयो ।
सांसद रघुजी पन्तले भारतको उडिसा राज्यको केआइआइटी विश्वविद्यालयको घटनापछि प्रधानमन्त्री र नेपाल सरकारको तत्कालको हस्तक्षेपले केही समस्या समाधान भएपनि पूर्णरुपमा समाधान नभएको बताउनुभयो । उहाँले एक हजार ५०० विद्यार्थीमध्ये विभिन्न नाकाबाट पाँच सयभन्दा विद्यार्थी नेपाली विद्यार्थी स्वदेश फर्किरहेका बताउँदै नेपाललाई होच्याउने कार्य निन्दनीय भएको उल्लेख गर्नुभयो ।
सांसद पन्तले भन्नुभयो– ‘सबै विद्यार्थी छात्रवृत्तिमा पढने होइनन् । लाखौ पैसा बुझाएर पढिरहेका छन् । ती विद्यार्थीलाई सुरक्षितरुपमा त्यहाँ गएर पढने वातावरण मिलाउन जरुरी छ । भारतमा पढन जाने प्रत्येक विद्यार्थीको तथ्याङ्क राख्नुपर्ने र सकेसम्म विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण सिर्जना गर्न माग गर्दछु ।’
सांसद महेश बस्नेतले मेची राजमार्गमा धेरै दुर्घटना हुने गरेको र सवारी साधनको चाप बढेकाले सडकलाई फराकिलो बनाएर सुरक्षित बनाउन माग गर्नुभयो ।
सांसद रामप्रकाश चौधरीले जंगली हात्तीको समूहले सर्लाहीको उत्तरी क्षेत्रमा आतङ्क मच्चाइरहेको र व्यवसायिक केराखेती, मकैखेती नष्ट गरेको जानकारी गराउँदै क्षतिपूर्तिका लागि सरकारसँग माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै