
जुम्ला । जिल्लाका ग्रामीण भेगमा पर्ने गाउँबस्तीमा यातायातको पहुँच पुगेको छ । स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका आठवटै स्थानीय तहका ६० का मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।
साठी वडामध्ये तिला गाउँपालिका–६, ७, ८ र ९ वडामा जोड्ने सडक तिला गाउँपालिका–१ रारामा तिला नदीमाथि मोटरेबल पक्की पुल निर्माण भएपछि यहाँका दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि सडक सञ्जालमा जोडिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभएको छ ।
यहाँका सबै वडापालिकासम्म कच्च (अफरोड) सडक निर्माण भएपछि सार्वजनिक यातायात सेवा सञ्चालन हुन थालेका छन् । यसअघि यहाँको सदरमुकाम खलङ्गा हुँदै कर्णाली राजमार्ग जुम्ला–नाग्म सडकखण्ड र नाग्म–गमगढी मूल सडकमा मात्रै सार्वजनिक सवारीसाधन सञ्चालन हुने गरेका थिए । अब यहाँका ग्रामीण सडकमा (अफरोड) पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।
जुम्लामा रहेको नमस्ते हिमचितुवा यातायात प्रालिले यहाँका मुकाम खलङ्गा हुँदै पालिकाको ग्रामीण भेगमा पर्ने कुडारीको डुग्रीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयात प्रालिले जनाएको छ ।
त्यही यातायातले खलङ्गाबाट रारालिहि, रारालिहिबाट मानेचौर, राँसा मालापानीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयातले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय