
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनको एजेण्डा दिएर जनतामा जाने भएको छ ।
माओवादी केन्द्रले फागुन १२ गतेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा लिएर जनजागरण अभियान सञ्चालन गर्ने भएको हो । गत पुसमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयानुसार आउने चैत ८ गतेसम्म हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सञ्चालन गर्न लागिएको माओवादीले जनाएको छ ।
कोशी प्रदेशको झापाबाट शुरू हुने अभियान मोरङ र सुनसरी, मधेसको सर्लाही, रौतहट, बारा र पर्सा, बागमतीको चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर पुगेर सकिनेछ ।
अभियानका क्रममा संविधान संशोधनका नाममा महिला, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमलगायत समुदायले प्राप्त गरेको समानुपातिक प्रतिनिधित्विको अधिकार थप बलियो बनाउन उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रण गरिने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
‘अब संविधान संशोधन गरेर नेपाली विशेषतासहितको कार्यकारी राष्ट्रपति मोडेलमा जानुपर्छ’ उहाँले भन्नुभयो– ‘भ्रष्टाचारको मूल कारक निर्वाचन प्रणाली हो, पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद् र विज्ञमध्येबाट मन्त्रिपरिषद् गठन हुनुपर्छ ।’
त्यस क्रममा मिटरब्याजका साथै तराई–मधेसका किसानका समस्या समाधान, महँगी कालोबजारी, मूल्यवृद्धि नियन्त्रण, जनसरोकार, जनजीविका र स्थानीय विकास निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि सरकारलाई दबाब दिइने माओवादीले जनाएको छ । करिब एकमहिना चल्ने सो अभियानमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता कार्यकर्ता सहभागी हुनेछन् । माओवादीले यसअघि गत भदौमा पनि तीनमहिने अभियान सञ्चालन गरेको थियो ।
फरक प्रसङ्गमा माओवादी प्रवक्ता सापकोटाले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यले आ–आफ्नो सम्पत्ति विवरण पार्टी केन्द्रीय समितिमा बुझाउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले विगतका गल्ती कमजोरी स्वीकार्दै, आत्मसमीक्षा गरेर रूपान्तरण र शुद्धीकरणतर्फ पार्टी अघि बढिरहेको स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै