
मोरङ । कोशीमा प्रदेश ऐन संशोधन अध्यादेशलाई प्रतिस्थापन गरिने भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक, २०८१ प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश सार्वजनिक खरिद (दोस्रो संशोधन) नियमावली, २०८१ र सार्वजनिक खर्चको मापदण्ड र मितव्यययिता सम्बन्धी (तेस्रो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभएको छ ।
गृह मन्त्रालयअन्तर्गतका निकायहरूलाई बजेट बाँडफाँट (सम्बन्धित सुरक्षा निकायबाट बजेट कार्यान्वयन हुने गरी) गर्ने र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेशस्थित कार्यालयबाट कार्यान्वयन हुने गरी सुरक्षा निकाय एवं उच्च तथा जिल्ला बारको भवन मर्मतका लागि बाँडफाँड भएको बजेट स्वीकृत गर्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै