
चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा ९ वटा पुगेको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुको सङ्ख्या बढी भएका क्षेत्र र सुक्खा क्षेत्रमा पानीको आवश्यकता पूर्ति गर्न बोरिङको व्यवस्थापन गरिएको हो । घडियाल गोही प्रजनन केन्द्रमा एउटा, हात्ती सार क्षेत्रमा एउटा, भिम्लेमा दुईवटा, कसरामा दुईवटा, पुरानो पदमपुर क्षेत्रमा एउटा, डुमरिया क्षेत्रमा एउटा र सुखिभारमा एउटा बोरिङ स्थापना गरी वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ ।
चरन क्षेत्रसँगै यहाँ रहेका जनावरलाई पानीको अभावमा बाहिर निस्कनु नपरोस् भनेर सुक्खा क्षेत्रमा बोरिङ जडान गरिएको हो । उहाँका अनुसार १० लाखको लागतमा नियमित पानी सञ्चालन हुने गरी सोलार बोरिङ जडान गरिँदै आएको छ । यसवर्ष निकुञ्ज र तराई भू–परिधि कार्यक्रम तालले संयुक्त रुपमा पानीको मुहान संरक्षण र पोखरी मर्मतका लागि २१ लाख रुपयाँ खर्च गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
निकुञ्जको नियमित बजेटबाट ६ लाख र ताल कार्यक्रमको १५ लाख रुपैयाँ बजेटबाट पानीको मुहान संरक्षण र पोखरी मर्मत तथा सरसफाइ गर्न लागिएको हो । विशेषगरी लामिताल, थपलिया ताल, देवीताल क्षेत्रमा मिचाहा प्रजातिका झारहरुले पोखरी सुक्खा बनाउन थालेपछि ती ताललाई सरसफाइ गरिएको छ ।
थप दुई वटा पोखरी नयाँ निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘ताल कार्यक्रमले पोखरी निर्माणसँगै मर्मतको काम गरिरहेको छ । हामीले सरसफाइ र निर्माणको काम गरेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै