
चितवन । नेपाल चेपाङ सङ्घ चितवनको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः भीमबहादुर चेपाङ चयन हुनुभएको छ ।
बुधबार रत्ननगरस्थित नेपाल चेपाङ सङ्घको केन्द्रीय कार्यालयमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट भीमबहादुरको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार १७ सदस्यीय कार्यसमिति हुनुपर्नेमा हाललाई १४ सदस्य चयन गरिएको छ । बाँकी तीन सदस्यपछि मनोनीत गर्ने जनाइएको छ । समितिको उपाध्यक्षमा इन्द्रजीत चेपाङ, सचिवमा सौरभ चेपाङ, सहसचिवमा सुजेन्द्र चेपाङ र कोषाध्यक्षमा सूर्यबहादुर चेपाङ चयन हुनुभएको छ ।
त्यसैगरी, कार्यसमिति सदस्यहरुमा विकास चेपाङ, राजबहादुर चेपाङ, कृष्णबहादुर चेपाङ, गयासिंह चेपाङ, सफल चेपाङ, सारा चेपाङ, हिक्मत चेपाङ, गोपाल चेपाङ र जगतबहादुर चेपाङ चयन हुनुभएको सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो ।
सीमान्तकृत आदिवासी जनजाति समुदायभित्र पर्ने चेपाङ जाति चितवनसहित २६ जिल्लामा फैलिएका छन् । विशेषगरी चितवन, मकवानपुर, धादिङ र गोरखा चेपाङ जातिको मुख्य बसोबास रहेको जिल्ला हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै