
काठमाडौँ । गीतकार एवम् चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीले रचना गर्नुभएको गीत ‘काफल गेडी’ सार्वजनिक भएको छ।
नेपाली पूर्वीय मौलिक लोकलयको आधारमा बनेको गीतमा संगीतकार नारायण ओलीको संगीत र गायिका माधवी अर्यालको स्वर छ । ख्याम्टा बिटमा रिदम फास्ट भएको गीत भएता पनि यस गीतले मनोरन्जन र आत्मरन्जन दुवै प्रदान गर्दै झ्वाट्ट आई स्वाट्ट हराउने नभएको संगीतकार ओलीले बताउनुभयो । गीतलाई श्याम स्वेत रसाइलीले एरेन्ज गर्नुभएको हो ।
नायिका केकी अधिकारीको अभिनय रहेको गीतको भिडियोमा गीतको भावअनुसार गाउँले परिवेश र साथीसंगीको संगतमा रहेको देखाइएको छ ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा उत्तम हुमागाई को छायांकन र विकास धमलाको सम्पादन रहेको छ । गीतको भिडियोलाई गायिका माधवी अर्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । चेतन कार्की र नारायण ओलीको गहिरो सम्बन्धबाट सृजित यो गीत गायिका माधवी अर्यालको लागि भने लक्की साबित हुनेमा बिश्वास गर्न सकिन्छ।
स्वर्गीय चेतन कार्कीसँग धेरै गीतमा सहकार्य गरिसकेका संगीतकार ओलीले एउटा सशक्त ‘गीत काफल गेडी’ मा गायिका माधवी अर्यालसँग सहकार्य गरेका छन् जसले गायिका माधवी अर्याललार्इ सफल गायिकाको रुपमा चिनाउने छ ।
फिल्म निर्देशक, लेखक तथा साहित्यकार समेत रहेका चेतन कार्कीको २०७८ जेठ २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । https://www.youtube.com/watch?v=qYN00U1EsAI
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन