
तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ स्थित साँखे देवल मन्दिरको प्रचारप्रसारका लागि धार्मिक महोत्सव गरिने भएको छ ।
१ सय २० वर्ष पुरानो त्यो मन्दिरको संरक्षण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित बिहीबारदेखि फागुन १५ गतेसम्म महोत्सव हुन लागेको हो ।
विसं १९६० को समयमा साँखे देवलमा दुई खोलाको सङ्गमस्थलमा रहेको शङ्खाकार ढुङ्गाबाट दाहिने शङ्ख बजेको सुनेर पुजा गर्दै आएका स्थानीयहरू अहिले उक्त स्थानलाई धामका रूपमा विकास गर्न महोत्सवको तयारीमा जुटेका हुन् ।
शिवालय क्षेत्रका रूपमा परिचित यो मन्दिरमा वर्षेनी शिवरात्री पर्वमा तनहुँ र स्याङ्जासहित विभिन्न स्थानबाट भक्तजन दूध चढाउन र रातभर जाग्राम बसेर ठाँडो बत्ती बाल्न सहभीगी हुने शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ अर्यालले बताउनुभयो । उहाँका अनुसार यो मन्दिरमा पूजा आराधना गर्नाले निसन्तान जोडीलाई सन्तान प्राप्ति हुने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
शुक्लागण्डकी नगरपालिकाका साथै स्याङ्जाको हरिनास र बिरुवा गाउँपालिकाको केन्द्रमा पर्ने मन्दिरमा आयोजना गरिने धार्मिक महोत्सवले यस क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरू, जन्ते ढुङ्गा क्षेत्र, सीतापाइला, जनकवि गोकुल जोशीको जन्मस्थान, रजस्थलकोट दरबार र मिलेनियम गुफा लगायत पर्यटकीय स्थानको प्रवर्द्धन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
श्रृङ्गारिक महाआरतीसहितको धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिरको भौतिक विकाससँगै, दैनिक पूजापाठ शुरु गर्ने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा मन्दिरको बारेमा प्रचारप्रसर गर्ने लक्ष्य रहेको महोत्सव मूल समारोह समितिका संयोजक गङ्गाराम भट्टराईले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै