
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिलाई आफूले मूल लक्ष्य बनाएर तदनुरुप काम गरिरहेको बताउनुभएको छ ।
पचहत्तरौँं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकार मूल समारोह समितिले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेशको समग्र विकास नै प्रदेश सरकारको लक्ष्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘प्रदेशवासीका आवश्यकता चाहनालाई केन्द्रविन्दुमा राखेर प्रदेशको दिगो आर्थिक, सामाजिक तथा पूर्वाधार विकासतर्फ लक्ष्यित भइ चालु आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट तय भएको छ । सङ्घबाट अधिकार प्रत्यायोजन नहुँदा प्रदेश सरकारले जनताका आवश्यकता सम्बोधन गर्न केही कठिनाइ भएको छ ।’
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले समृद्धिका लागि तीनै तहका सरकारले जनता केन्द्रित भएर काम गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानको कार्यान्वयन, जनताका विकास निर्माणका चाहना पूरा गर्न समाजका हरेक वर्ग एकताबद्ध भएर लाग्नुपर्ने बेला आएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै