
काठमाडौँ । सांसद सुर्यबहादुर थापाले अध्यादेश सरोकारवाला र मुलुकको हितमा रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा आज विशेष समयमा बोल्दै सांसद थापाले सरकारले ६ अध्यादेश सरोकारवालाको हितमा ल्याएको उल्लेख गर्दै अनावश्यक विरोध गर्न आवश्यकसमेत नरहेको जिकिर गर्नुभयो ।
सांसद थापाले हिउँदे अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन निर्माणसँग सम्बन्धित प्रक्रियामा नै प्रथामिकता दिनुपर्ने भन्दै अनावश्यक मिडियावजाजी गरेर अरोप लगाउने काम बन्द गर्न सुझाव दिनुभयो ।
‘अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको छ । अहिले ६ अध्यादेश आएका छन् । शुसासन प्रवर्द्धन, सहकारी बचतकर्ताको बचत रकम फिर्ता, सूचना प्रविधि प्रवर्द्धन, औद्योगिक वातावरण, वित्तिय उत्तरदायित्व र भूमिसम्बन्धि अध्यादेश आएको छ’ उहाँले भन्नुभयो– ‘सरोकारवाला खुसी भएका छन् । तर हाम्रा केही सांसदमा खुशी देखिएन । सरोकारवाला र मुलुकको हितमा अध्यादेश आएको हो । विरोध गर्नु बेकार छ ।’
सांसद थापाले सरकार निर्माण भएपछि अघिल्लो सरकारको कार्यकालमा बाँकी रहेको निर्माण व्यवसायीका ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी अहिलेको सरकारले दिएको बताउनुभयो ।
‘वर्तमान सरकारको कार्यकालमा राजश्व वृद्धि भएको छ । पूँजीगत खर्चमा वृद्धि भएको छ । पर्यटन आगमनमा पनि सुधार आएको छ । अर्थतन्त्र लयमा फर्कने क्रममा रहेको छ’ सांसद थापाले भन्नुभयो, ‘अहिले अनावश्यक अध्यादेशको विरोध गरेर सरकारको आलोचना भइरहेको छ । यो संविधान विपरितको काम होइन् । संसद् नलचेको बेलामा छोटो समयमा अध्यादेश ल्याउन सरकारलाई दिइएको सुविधा हो ।’
मुलुकका दुई ठूला पार्टीको सहकार्य हुँदा ठूलो उपलब्धि हुने सांसद थापाले बताउनुभयो । ‘यसपाली पनि ठूला उपलब्धि गराउनुपर्ने छ । समाजमा निरासा हटाएर आशा जगाउने उद्देश्यअनुसार नै सरकार अगाडि बढिरहेको छ’ उहाँले भन्नुभयो– ‘देशमा भ्रष्टाचार बढेको छ । सुशासन कायम राख्न अध्यादेश ल्याउन लागिएको हो ।’
सहकारी ठकी प्रकरणमा प्रतिपक्षले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइरहेको उल्लेख गर्दै सांसद थापाले आपत्ति जनाउनुभयो । उहाँले सामाजिक सञ्चाल नियमन सम्बन्धि विधेयकले विद्युतीय अपराध रोकिने बताउनुभयो ।
सांसद थापाले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री