
स्याङ्जा । वैदेशिक रोजगारीमा रहेकाहरुको सहयोगमा पुतलीबजार नगरपालिका ११ स्थित विश्वशान्ति आधारभूत विद्यालयलाई कम्प्युटर प्रदान गरिएको छ।
‘प्रदेशीको हातेमालो ग्रामीण शिक्षामा उज्यालो’ भन्ने मूल नाराका साथ शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उदेश्यले विद्यालयलाई एक थान कम्प्युटर प्रदान गरिएको हो। स्याङ्जा परिवार किम्हे , वुसान दक्षिण कोरियाका निवर्तमान अध्यक्ष जिवलाल काफ्लेको प्रतिनिधित्वमा विद्यालयलाई कम्प्युटर प्रदान गरिएको हो।
स्याङ्जा परिवार किम्हे ,वुसानका अध्यक्ष आशिष रानाभाट तथा कार्यक्रम संयोजक कमल अर्यालको सक्रियतामा सहयोग प्राप्त भएकोमा विद्यालयका प्रधानाध्यापक माधव रेग्मी खुशी व्यक्त गर्नु भएको छ
पुतलीबजारका नगरप्रमुख तुलसी रेग्मीले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षक घट्दै गइरहेकोमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रदान गरिएको सहयोग उल्लेखनीय रहेको बताउनु भयो। उहाँले सामुदायिक विद्यालयमा विधार्थी आकर्षण बढाउन संघीय सरकारले दिने खाजामा पनि नगरपालिकाले थप रकम सहयोग गरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा वडा नम्बर ११ को तर्फबाट विद्यार्थीलाई स्टेशरी सामाग्री, न्यानो कपडा र झोला बितरण गरिएको छ। अल्पसंख्यक , जनजाति र निम्नस्तरका परिवारका विद्यार्थी अध्ययन गर्ने भएकोले नै उनीहरुलाई आकर्षण गर्न प्रत्येक वर्ष यस्ता सामाग्री प्रदान गर्दै आएको वडा अध्यक्ष मनोज पौडेलले जानकारी गराउनुभयो।
‘प्रदेशमा दु:ख गरी बचाएको रकम शैक्षिक सुधारका कार्यक्रमा सहयोग गरेकोमा सार्है खुशी लाग्यो’ वडासदस्य अशोक कुमार रेग्मीले भन्नुभयो। – कृष्ष्णबन्धु अर्यालबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै