+

‘मैले भेटेर फर्केपछि उत्तर कोरिया र अमेरिकीे राष्ट्रपतिबीच भेटवार्ता भयो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको  राष्ट्रपति तथा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीचको भेटवार्ता हुनुमा आफूले पनि योगदान गरेको बताउनुभएको छ । 


पूर्वप्रधानमन्त्री नेपालले आइतबार समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  आफूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्न खोज्दा पनि उत्तर कोरिया भ्रमण गरेर विश्व शान्तिमा योगदान दिएको खुलासा गर्नुभयो ।

‘अमेरिका रिसाउँछ, जापान र दक्षिण कोरिया रिसाउँछन् भनेर केपी ओलीले उत्तर कोरिया भ्रमण जान दिएनन् । त्यसपछि तिनै देशका राजदूतले मकहाँ आएर रोक्न खोजे, तर म कसैको कुरा नसुनी गएँ । म गएर त्यहाँका नेताहरुसँग भेट गरेँ’ काष्र्यक्रममा उहाँले भन्नुभयो– ‘म फर्केर यता आएपछि अचम्मै भयो । दक्षिण र  उत्तर कोरियाली नेता किम जङ अनबीच भेटघाट भयो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका राष्ट्रपतिबीच सिंगापुरमा भेटवार्ता भयो । पछि तिनै देशका राजदूत फेरि मकहाँ आएर गजब पो भएछ भने । के जादू भयो पनि भने । किनभने विश्व शान्तिको सन्दर्भमा हामीले पनि केही भूमिका खेल्न सक्छौँ ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहनुभएका नेपालले कम्बोडियाका राष्ट्रपतिले समेत कुनै बेला आफूलाई युद्धरत पक्ष र राष्ट्रपतिबीच दुवैलाई राखेर कुरा गराउन भूमिका खोजेको स्मरण समेत गरउनुभयो।

अध्यक्ष नेपालले फिलिपिन्स र अफ्रिकाका नेताहरुले पनि आफूलाई त्यस्तो प्रस्ताव राखेको सुनाउनुभयो । नेपालले हीन भावना राखेर होइन, विश्वलाई मिलाउन भूमिका खेल्न सकिने उहाँको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट