
काठमाडौँ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी प्रेस सङ्गठन नेपालले आफ्नो दोस्रो राष्ट्रिय भेला उद्घाटन गर्नुभएको छ ।
समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय भेला अहिले कोटेश्वरको महादेवस्थानस्थित केएम बैङ्क्वेटमा भइरहेको छ । राष्ट्रिय भेलालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालका साथै सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, पार्टी उपाध्यक्ष तथा संगठनका इन्चार्ज प्रकाश ज्वाला र महासचिव घनश्याम भुसालले सम्बोधन गर्नुभएको छ ।
भेलापूर्व सङ्गठनको केन्द्रीय कमिटीको दोस्रो बैठक शनिबार बसेको थियो। आइतबारको भेलामा ‘जिम्मेवार पत्रकार, समाजवादको आधार’ मूल नारा बोकेको सङ्गठनको बाँकी १५ महिनाको कार्यभार र जिम्मेवारी, विधान संशोधन, पुरस्कार, सम्मान स्थापना, तालिम, प्रशिक्षण, सङ्गठनको लिपिवद्ध इतिहास लेखन आदि विषयमा छलफल हुने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै