
काठमाडौँ । एक दशकदेखि रङ्ग संयोजनमा सक्रिय रहनुभएका जुनिम गहतराजको निर्देशनमा तयार भएको चलचित्र ‘ताण्डवम्’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ ।
चलचित्रका निर्देशक गहतराजले आफ्नो पहिलो सन्तानको स्वागतमा रहेको नवविवाहित जोडीको जीवनमा अकल्पनीय घटनाले निम्त्याउने घटनाक्रमलाई चलचित्रको विषय बनाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘रङ्ग संयोजनमार्फत चलचित्र क्षेत्रमा सक्रिय भए पनि मैले निर्देशक विधा पनि अध्यन गरेको छु । विचार मिल्दो समूह जुटेका कारणले मैले निर्देशकको रूपमा अगाडि बढ्ने योजना बनाएको हुँ । सुरुमा नेपालमा बनिरहेका भन्दा फरक चलचित्र दर्शकसामु ल्याउँदै छु ।
निर्देशक गहतराजले पारिवारिकसँगै ‘एक्सन थ्रिलर’ विधामा तयार भएको सो चलचित्रले दर्शकलाई नयाँपन दिने बताउनुभयो । यसमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अङ्कित खड्का, अनोज पाण्डेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
यस चलचित्रमा हरि घले लामाले छायाङ्कन, सम्राट बस्नेतले द्वन्द्व निर्देशन, सुशान्त गौतमको सङ्गीत र कोबिद बज्रले पाश्र्वसङ्गीत सृजना, अनिरुद्ध आत्रेय र हुसेनले पटकथा लेखन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन