
तनहुँ । दुई जिल्ला जोड्ने कृष्णमार्ग स्तरोन्नतिका लागि सङ्घ सरकारबाट १० करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ । तनहुँ र पाल्पा जोड्ने त्यो मार्ग स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १० करोड रुपैयाँ विनियोजन भएको हो
त्यो सडकका लागि बजेट उपलब्ध गराउन घिरिङ गाउँपालिकाले संघीय सरकारलाई माग गरेको थियो । नेकपा एमाले राष्ट्रियसभाका प्रमुख सचेतक भगवती न्यौपानेले लामो समयदेखि अलपत्र रहेको त्यो मार्गमा बजेट सुनिश्चित भएपछि अब कामले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक वर्ष २०७६÷७८ मा सडकका लागि निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रमअन्तर्गत .४० करोड बजेट परेको थियो । तनहुँको घिरिङ गाउँपालिकाको धेनुङ देउरालीबाट पाल्पाको केलादीघाट जोड्ने उक्त सडकअन्तर्गत पर्ने घिरिङ गाउँपालिकामा २५ किलोमिटर खण्ड अलपत्र छ । १५ महिनामा निर्माण सक्ने गरि विसं २०७३ वैशाख २३ गते निर्माण कम्पनीसँग सम्झौता भएकामा उक्त सडक विबिध कारण हालसम्म अपलत्र बनेको घिरिङ गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो ।
२५ किमि सडक कालोपत्रको लागि १० करोड ७६ लाख रुपैयाँ मा निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो । विसं २०७३ मा जिल्ला प्राविधिक कार्यालयमार्फत निर्माण शुरु भएको यो सडक देश सङ्घीयतामा गएपछि गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय नवलपुरमा हस्तान्तरण भएको थियो । यसपछि फेरि यो सडक पूर्वाधार विकास कार्यालय मातहत ल्याइएको थियो ।
जिल्ला प्राविधिक कार्यालयसँग भएको सम्झौता अनुसार ठेकेदार कम्पनीले यो सडकको निर्माण विसं २०७४ साउन २८ गतेभित्र सक्नुपर्ने थियो । तर, त्यससमय काम थालेको कम्पनीले पछि पनि काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको थियो । ठेकेदारले ७५ प्रतिशत काम गरेको र ७ करोड ६० लाख ३७ हजार रुपैयाँ भुक्तानी लिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो ।
नाला बनाउने, ट्राफिक सङ्केत राख्ने, टेवापर्खाल बनाउने जस्ता धेरै काम अधुरो राखेर ठेकेदारले क्षतिपूर्तिको मागसहित मुद्धा हालेको कार्यालयको भनाइ छ । सन्तोषी निर्माण सेवाले ब्याजसहित चार करोड २५ लाख २७ हजार रुपैयाँ माग दाबी गर्दै मुद्धा हालेको थियो ।
आर्थिक वर्ष २०७८/७९ यता उक्त सडकका लागि करोडौँ विनियोजन भएपनि मुद्दाकै कारण त्यो रकम खर्च गर्न नसकिएको घिरिङ गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै