
काठमाडौँ। समाजवादी प्रेस संगठन नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले समाजवादी प्रेस संगठनबाट केही झिँगाहरु झिँगासँगै मिल्न गएको धारणा राख्नुभएको छ ।
महाधिवेसनबाट निर्बाचित अध्यक्ष विश्वमणी सुवेदी, महासचिव रामकुमार एलन र कोषाध्यक्ष कृति भण्डारी प्रेस चौतारीमा प्रवेस गरेकोमा कटाक्ष गर्दै उहाँले झिँगाहरु झिँगासँगै मिल्न गएको टिप्पणी गर्नुभएको हो ।
उहाँले कलम जीविहरुलाई माहुरीको संज्ञा दिनुभएको छ। उहाँले समाजवादी प्रेस संगठन, मौरीको घार भएकाले अहिले यहाँ माहरी मात्रै रहेको र झिँगाहरु झिँगासंगै मिल्न गएको धारणा राख्नुभएको हो ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी प्रेस संगठन नेपालको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले केन्द्रीय कमिटी सदस्यहरुको उत्साहले समाजवादी प्रेस संगठन चलायमान छ भन्ने सन्देश दिएको उहाँले बताउनुभएको छ। जिम्मेवार पत्रकार,समाजवादको आधार भन्ने मुल नारामा साथ सुरु भएको समाजवादी प्रेस संगठन नेपालको दोस्रो केन्द्रीय भेला आइतबार काठमाडौँमा हुनेछ।
उहाँले समाजवादी प्रेस संगठन निर्माणमा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै माहुरीको जस्तो श्रम गर्ने र एकजुट हुने व्यक्तिहरु यस संगठनमा रहेर काम गर्न तयार भएकोमा खुशी व्यक्त गर्नुभएको छ। उहाँले संगठन छोडेर जानेहरुलाई झिँगाको संज्ञा दिनुभएको हो।
पत्रकारहरु थिङ्क ट्याङ्क भएकोले नेताहरुले पनि उनीहरुका कुरा सुनेर अगाडी बढे सफल हुने धारणा राख्नु भयो। आज भोलि नेताहरुमा अध्यायन गर्ने बानी नभएकोमा दुख व्यक्त गर्दै श्रेष्ठले कलम चलाउनेहरुलाई दलको अन्य भातृसंगठन चलाए जस्तो नचलाउन आग्रह गर्नुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै