
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणी गर्नुभएपछि बेइजिङले अमेरिकाले यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको छ ।
विश्वव्यापी शान्ति निर्माताका रूपमा आफ्नो दोस्रो कार्यकालमा आफूलाई प्रस्तुत गर्नुभएका ट्रम्पले आफ्ना समकक्षी भ्लादिमिर पुटिन र सी जिनपिङसँग ‘परिस्थिति शान्त हुँदा’ शिखर सम्मेलन गर्न चाहेको बताउनुभयो । ‘म भन्न चाहन्छु, हाम्रो सैन्य बजेट आधा कटौती गरौँ’ उहाँले बिहीबार ओभल कार्यालयमा पत्रकारहरूलाई भन्नुभयो ।
शुक्रबार यो प्रस्तावबारे सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयले अमेरिकासँग विश्वको सबैभन्दा ठूलो सैन्य बजेट रहेको बताएको छ । ‘संयुक्त राज्य अमेरिकाले ‘अमेरिका फस्र्ट’ का लागि आह्वान गरेदेखि उनीहरूले सैन्य खर्च कटौतीको उदाहरण स्थापित गर्न नेतृत्व लिनुपर्छ’ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित समाचार ब्रिफिङमा भन्नुभयो– ‘चीनको सैन्य बजेट खुला र पारदर्शी छ । यो अमेरिका र अन्य प्रमुख सैन्य शक्तिहरूको सन्दर्भमा उचित र उपयुक्त छ, चीनको सीमित रक्षा खर्च राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितहरू सुरक्षित गर्न र विश्व शान्ति रक्षा गर्न पूर्णतया आवश्यक छ ।’
ट्रम्पले बिहीबार तीन शक्तिलाई आफ्नो आणविक हतियारको भण्डार कटौती गर्न पनि आह्वान गर्नुभयो तर गुओले वासिङ्टन र मस्कोसँग सबैभन्दा धेरै आणविक हतियार भएका देशका रूपमा ‘आणविक निःशस्त्रीकरणको विशेष र प्राथमिक जिम्मेवारी’ रहेको बताउनुभयो । ‘चीन सधैँ आफ्नो आणविक शक्तिलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक न्यूनतम स्तरमा कायम राख्छ र कुनै पनि देशसँग हतियार दौडमा संलग्न हुँदैन’ उहाँले भन्नुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै