
काठमाडौँ । निसान र होन्डाका कम्पनीले संयुक्त रूपमा मर्जर वार्ता समाप्त गर्ने घोषणा गरेका छन् । विश्वको तेस्रो ठूलो अटोमेकर निसानले आफ्नो लागत संरचनालाई अनुकुलन गर्ने बताएको छ ।
बिहीबार निसानको शेयर ८.१७ प्रतिशतले बढेर ४४९ येन पुगेको थियो भने होन्डाको शेयर ४.४६ प्रतिशतले बढेर एक हजार ४९८ येनमा पुगेको थियो । निसानले आफ्नो लागत संरचनालाई अनुकूलन गर्ने र आर्थिक वर्ष २०२६ मा कूल ४ सय अर्ब येन (२.६ अर्ब अमेरिकी डलर) ले स्थिर र परिवर्तनशील लागत घटाउने योजना बनाएको जनाएको छ ।
निसानले करिब न हजार रोजगारी कटौतीको विस्तृत विवरण दिँदै भनेको छ– ‘सञ्चालनलाई व्यवस्थित गर्ने, नयाँ कर्मचारी भर्ना कटौती लागू गरेर र स्वैच्छिक पृथकीकरण कार्यक्रमलाई गति दिएर विश्वव्यापी अप्रत्यक्ष २ हजार ५ सय कर्मचारी घटाउनेछ ।’
निसानले बाँकी अनावश्यक जनशक्ति कटौतीका लागि आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा तीन वटा प्लान्ट बन्द गर्नेछ । थाइल्याण्ड र संयुक्त राज्य अमेरिकामा निर्माणस्थल बन्द गर्दा आर्थिक वर्ष २०२५ मा ५ हजार ३ सय रोजगारी कटौती हुनेछ र अर्को वर्ष १ हजार २ सय रोजगारी कटौती हुनेछ।
निसानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले विज्ञप्तिमा भन्नुभयो– ‘हामी उन्नत प्रतिस्पर्धी उत्पादनको माध्यमबाट शीर्ष–लाइन वृद्धिलाई अघि बढाउँदै अधिक कुशल लागत संरचना प्राप्त गर्न समर्पित छौँ ।’
निसानले शीर्ष व्यवस्थापन पदमा पनि २० प्रतिशतले कटौती गर्ने जनाएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै