
मोरङ । कोशीमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ विविध कार्यक्रम गरी ३ दिन मनाइने भएको छ । त्यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल समिति गठन गरिएको छ ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले मुल समारोह समितिको अध्यक्षमा मुख्यमन्त्री कार्की र सदस्यमा प्रदेशसभाका सभामुख, उच्च अदालत विराटनगरका मख्य न्यायाधिश, प्रदेशका मन्त्री, प्रदेशसभाका उपसभामुख, प्रम्ख विपक्षी दलका नेता, पूर्वमुख्यमन्त्रीहरु, राज्यमन्त्री, विराटनगर महानगरपालिकाका प्रमुख, मोरङका नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख रहने गरी गठन गरिएको ६५ सदस्यीय मूल समारोह समितिको सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव रहनु भएको छ ।
बैठकले फागुन ६ ,७ र ८ गते प्रजातन्त्र दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । फागुन ६ गते कार्यालय, घर आँगन, सार्वजनिक स्थलमा सरसफाईन गर्ने, रक्त्तदान, त्यही साँझ दिपावली गर्ने कार्यक्रम रहेको यस्तै फागुन ७ गते विहान ७ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष आगाडिबाट निस्कने प्रभातफेरीले रोडशेष चोक, भूमि प्रशासन चोक, ट्राफिक चोकसम्म पुगी पुनः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी मूलसमारोहको कार्यक्रममा सहभागी हुने, त्यही दिन साँझ दिपावली गर्ने कार्यक्रम छ । यसैगरी फागुन ८ गते अस्पतालमा जेष्ठ नागरिक एवं वृद्धआश्रममा रहेका आश्रितलाई फलफुल वितरण गर्ने र साँझ दिपावली गर्ने कार्यक्रम रहेको छ ।
त्यस अवसरमा मुख्यमन्त्री कार्कीले तानाशाही व्यवस्था अन्त्य गरी प्रजातन्त्र स्थापना भएको महत्वपूर्ण दिन भएकोले नागरिक सहभागिताका साथ भव्यरूपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, संविधान दिवसजस्ता महत्वपूर्ण दिनमा विधिध विधामा योगदान दिने नागरिकलाई सम्मान गरेमा यसले जनतामा जोड्नेकार्य गर्दछ भन्नुभयो । प्रदेश सरकार यस्ता दिवसलाई भव्यरूपमा मनाउन आगामी दिनमा नीति तथा कार्यक्रममा बजेटका व्यवस्था मिलाउनुपर्ने सुझाव उहाँले दिनुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव एवं मूल समारोहमा सचिव कमल थापाले अगामी फागुन ४ गते बस्ने मूल समारोह समितिले प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन थप सुझाव ग्रहण गर्ने जानकारी दिनुभयो ।
बैठकमा प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रमुखहरु, प्रदेशका सचिव, कर्मचारीको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै