
मोरङ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह सामाजिक समस्या र कानुनी अपराधका रूपमा रहेकाले सबैले यसका विरुद्ध ऐक्यबद्धता जनाउनुपर्ने बताउनुभएको छ ।
जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित ‘बालविवाह विरुद्ध प्रतिबद्धतापत्र’मा हस्ताक्षर गर्दै उहाँले बालविवाहका कारण बालिकाको मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको नियन्त्रणमा समाजका सबै व्यक्ति जिम्मेवारपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बालविवाहको अन्त्य र नियन्त्रण गर्न अभियानका रूपमा नीति तथा कानुनी निर्माण गरी अगाडि बढेको जानकारी दिनुभयो । उहाँले प्रदेशमा बालविवाह निषेध गरिएको भन्दै कतिपय दुर्गमस्थान तथा पछाडि परेका वर्गमा यो समस्या विद्यमान रहेकाले यसको नियन्त्रण गर्न सुरक्षा निकाय, समाजका सरोकार भएका निकाय एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
हस्ताक्षर कार्यक्रममा सामाजिक अभिन्ता बालकृष्ण पाण्डे, डा गङ्गाधर अधिकारीलगायतले अन्य प्रदेशमा पनि बालविवाहविरुद्ध प्रतिवद्धता हस्ताक्षर अभियान सञ्चालन गरिसकेको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै