
डडेल्धुरा । जिल्लाका स्थानीय तहले महिलालाई सीप सिकाउन थालेका छन् । यहाँको अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरुलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ ।
वडाध्यक्ष टंक क्षेत्रीका अनुसार वडा कार्यालयको समन्वयमा २० जना महिलालाई ब्यूटिसियन तालिम सञ्चालन गरिएको हो । तीन महिने यस्तो तालिमले उनीहरुलाई व्यवसाय गर्न सहज हुने विश्वास गरिएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो ।
त्यसैगरी जिल्लाका सातवटै स्थानीय तहले महिला लक्षित सिलाइ कटाइ, दुना टपरी बनाउने, होजियारी, गुडिया तथा फूल माला उत्पादन गर्ने, अचार बनाउने, धुप बनाउनेजस्ता तालिम सञ्चालन गर्दै आएका छन् । स्थानीय तहसँग घरेलु तथा साना उद्योग कार्यालय र सीप विकास केन्द्रलगायतले समन्वय गर्ने गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नरेन्द्र पन्तकाअनुसार गत आर्थिक वर्ष २०८०र८१ मा ५४ जना महिलालाई सीप विकाससम्बन्धी विभिन्न तालिम प्रदान गरिएको छ ।
सीप विकास तथा उद्यमशीलतासम्बन्धी तालिम निःशुल्क प्रदान गरिएकाले सीप सिक्नमा महिलाको आकर्षण देखिएको कार्यालय प्रमुख केसवराज भण्डारीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय