
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
दुःख दिने नियतले हालिएका उजुरीबारे अख्तियार सचेत हुनुपर्ने उहाँले बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माण गर्दा आफूले पाए ठीक र अरुले पाए बेठीक भन्दै उजुरी दिने चलनको अन्त्य हुनुपर्ने बताउनुभयो । विकास निर्माणका काममा सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँको जोड छ ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अख्तियारको भूमिका बदल्नुपर्ने बताउनुभयो । अख्तियारले गरेका काम अदालतबाट उल्टिएका उल्लेख गर्दै उहाँले यि विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।
‘समाजमा डरको आभास भएन त्यो समाज छाडा हुन्छ’ प्रदेश प्रमुख जोशीले भन्नुभयो । राज्यका नियमनकारी निकाय बलिया हुनुपर्नेमा उहाँको जोड थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय