
गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको विकासको बाधक भ्रष्टाचार भएको बताउनु्भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसका अवसरमा आयोगको पोखरा कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँले मुलुकको विकासको बाधक भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्ने बनाउनुभयो ।
सबै सरोकारवालाले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न पनि जरुरी रहेको भन्दै उहाँले सदाचार र नैतिकता जस्ता मूल्यलाई आत्मसात गरेर समन्वयात्मक ढङ्गले प्रतिबद्ध भएर अघि बढ्यौँ भने सुशासन तथा समृद्धिको लक्ष्य सहजै प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख भट्टले वर्तमानमा भ्रष्टाचारको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएकाले अनुसन्धानको विषयमा देखिएका नयाँ चुनौतीलाई सामना गर्न आयोग तथा मातहतका कार्यालय सशक्त भई आफ्नो कार्यपद्धतिलाई रचनात्मक बनाउनुपर्ने बताउनुभयो ।
यसका लागि उपलब्ध साधन स्रोतको सीमामा रहेर उच्चतम प्रविधिको प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीले आफ्नो सीप, ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरेर व्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न सक्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालको संविधान एवं प्रचलित कानुनको अधिनमा रहेर भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आइरहेको उहाँको भनाइ छ । सदाचार, निष्पक्षता र निर्भिकता जस्ता मूल्य अङ्गीकार गरेको यो संस्थाको जग बलियो बनाउनसमेत यस दिवसले उल्लेखनीय भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
हालको परिवेशमा राज्यका निकायबाट भइरहेको काम कारबाहीलाई नियाल्दा सेवा प्रवाहमा हुनुपर्ने सहजता र विकास निर्माण प्रक्रियामा जनतालाई गराउनुपर्ने सहभागिताको कमी देखिएको प्रमुख भट्टले बताउनुभयो ।
भ्रष्टाचारको प्रवृत्ति हेर्ने हो भने पूर्वाधार, शिक्षा, स्वास्थ्य, भूमि प्रशासन, कृषि लगायतको क्षेत्रमा जनताको बढी गुनासो देखिएको भन्दै प्रदेश प्रमुख भट्टले यी क्षेत्रमा हुने सार्वजनिक खरिदका कार्यक्रम अपारदर्शी तरिकाले अघि बढाइँदा उजुरी पर्ने गरेको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङले अख्तियारको दुरुपयोगका माध्यमबाट आर्थिक अनियमितता, भ्रष्टाचार गर्ने कुरालाई निरुत्साहन गर्न आयोगले आफ्ना अध्ययन, अनुसन्धानका कामलाई निरन्तर बढाइरहेको बताउनुभयो ।
आयोगमा प्राप्त उजुरीका आधारमा अनुसन्धान गरिने बताउँदै उहाँले दोषी नउम्कने र निर्दोषी डराउनु नपर्ने स्पष्ट पार्नुभयो । आयोगका काम कारवाहीलाई प्रभावकारी बनाउनेतर्फ लागि रहेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टले नकारात्मक समाजलाई सकारात्मक बनाउनु आवश्यक भएको बताउनुुभयषे । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भ्रष्ट्राचारको अन्त्यका लागि सबैको सामूहिक प्रयास आवश्यक भएको बताउँदै नागरिकलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा विभिन्न उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ