
लुम्बिनी । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोह सक्रिय रहेको बताउनुभएको छ ।
उहाँले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै यो समस्याको समाधानका लागि दुई देशबीच विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन नियन्त्रण सम्बन्धी इन्डो–नेपाल क्षेत्रीय संवाद कार्यक्रमको लुम्बिनीमा आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा शिक्षा, चेतना र रोजगारीको अभावले पनि मानव बेचबिखनको समस्या देखिनु गम्भीर विषय भएको बताउनुभयो ।
‘लुम्बिनी प्रदेशको भारतसँग लामो सिमाना मात्र होइन, गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ, त्यसैले कतिपय समस्या हामी छिमेकी मिलेर नै समाधान गर्न सक्छौँ, तर मानव बेचबिखन नियन्त्रण तथा सुरक्षित आप्रवासन सुनिश्चित गर्न राष्ट्रस्तरीय नीति आवश्यक पर्छ’ उहाँले भन्नुभयो– ‘दुवै देशले सिमानामा विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।’
प्रदेश सरकारले सुरक्षित आप्रवासनलाई प्रवर्द्धन गर्दै अवैध आप्रवासन तथा मानव बेचबिखन रोक्न विभिन्न कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो । सचेतना अभियान सञ्चालन, सीपमूलक तालिम, सुरक्षित रोजगारीको प्रवर्द्धन तथा सीमामा निगरानीलाई कडाइ गर्न प्रदेश सरकारले पहल गरिरहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संयन्त्रलाई सशक्त बनाउन र मानव बेचविखनविरुद्ध दुवै देशले साझा रणनीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
बेस संस्थाका संस्थापक तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता भएको कार्यक्रममा नेपाल र भारतका नीति निर्माता, नागरिक समाज तथा सरोकारवालाको सहभागितामा सुरक्षित आप्रवासन र मानव बेचविखन रोकथामका रणनीति, लुम्बिनी प्रदेशमा आप्रवासन र मानव बेचविखन नियन्त्रणको रणनीति विकासका बारेमा छलफल गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै