
चितवन । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले कक्षा १२ अध्ययनपछि विदेश जाने प्रचलनले नेपालका कलेजमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको बताउनुभएको छ ।
यहाँस्थित श्री कलेज अफ टेक्नोलोजी र श्रीचितवन कलेजको १६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीलाई आकर्षित गर्न अवसर सिर्जना गर्ने शैक्षिक कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभयो ।
उपकुलपति प्राडा थपलियाले भन्नुभयोे– ‘विद्यार्थी आकर्षित गर्न नयाँ नयाँ कार्यक्रम ल्याउँदैछौंँ ।’ अहिलेको चुनौती नै विद्यार्थी सङ्ख्या बढाउनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘फ्याकेल्टी ९सङ्काय० विकासमा पनि लागिरहेका छौंँ ।’
कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयको चिकित्सा शास्त्र सङ्कायका डिन डा शैलेशमणि पोखरेलले विश्वविद्यालयको आफ्नै जर्नल रहेको चर्चा गर्दै यस कलेजले अनुसन्धानपत्र प्रकाशित गर्ने महत्वपूर्ण कामको शुरुवात गरेकोमा प्रशंसा गर्नुभयो ।
त्यस अवसरमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले कक्षा १२ पछि अध्ययनका लागि विदेश जाने प्रचलनले स्वास्थ्यजनशक्ति अभावमा अस्पताल चलाउन गाह्रो हुँदै गएको उहाँले बताउनुभयो ।
कलेजका संस्थापक अध्यक्ष सरोज ढकालले विसं २०६३ मा भाडाको घरबाट शुरु गरिएको कलेज आज आफ्नै सुविधा सम्पन्न भवनमा रहेको जानकारी दिनुभयो । भरतपुर १२ ग्रोन्द्राङमा नौ कठ्ठा जमिनमा पाँच तले भवन रहेको जानकारी दिँदै उहाँले आधुनिक प्रयोगशाला, मल्टिमिडिया सहितको गुणस्तरीय शिक्षा दिँदै आएको बताउनुभयो ।
हाल दुई सय ९७ जना विद्यार्थीले पूर्वाञ्चल विश्व विद्यालय र सिटीइभिटीका कार्यक्रम अध्ययन गरिरहेको जनाउँदै उहाँले हालसम्म एक हजार २०५ जना विद्यार्थीले ग्राजुएसन गरिसेकेको बताउनुभयो ।
त्यस अवसरमा नेशनल सिटी अस्पतालका मेडिकल डाइरेक्टर डा निर्मल लामिछाने, कलेजका प्रिन्सिपल नन्दकिशोर भट्ट, कलेजका भ्वाइसप्रिन्सिपल बबिता घिमिरे, राधा ढकाल लगायतले बोल्नुभएको थियो । त्यस अवसरमा उत्कृष्ट अङ्क ल्याउने र विभिन्न खेलकुदमा प्रथम र द्वितीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
कलेजले विपिएच, बि फर्मेसी, बिएस्सी नर्सिङ, बिएन लगायतका विषय पढाइ सञ्चालन गर्दै आएको छ भने कानुन विषयको पढाइका लागि तयारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै