
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव पहिलोको कार्यकक्ष जलेपछि नयाँ चिटिक्कको कोठामा सर्नुभएको छ ।
शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा उहाँको यसअघिको कार्यकक्ष जलेर पूर्ण रुपमा क्षतिग्रस्त छ । पुरानो कार्यकक्ष जलेपछि मन्त्री आइतबार नयाँ कार्यकक्षमा सर्नुभएको हो।
मन्त्री यादवले अस्थायी रूपमा नयाँ कार्यकक्षबाट कामकाज शुरू गर्नुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम शुरू गरिएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘शनिबार आगलागी भएर मन्त्रीज्यूको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुगेको छ । अहिले मर्मतको कार्य भइरहेकाले अस्थायी रूपमा नयाँ कार्यकक्ष स्थापना गरी सेवा प्रवाह शुरू गरिएको छ ।’
मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ ।
आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा भएका दुईवटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सी, कार्पेट, सिसी क्यामेराको मनिटर लगायत सामग्री नष्ट भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै