
काठमाडौँ । थारू महिला समाजको केन्द्रीय अध्यक्षतामा अनिता चौधरी निर्वाचित हुनुभएको छ ।
समाजको छैटौँ महाधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । समाजको उपाध्यक्षमा इन्दु चौधरी, महासचिवमा मायाकुमारी चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित हुनुभएको छ ।
केन्द्रीय सदस्यमा बन्दना चौधरी, सुशीला चौधरी, सीता चौधरी, सविता चौधरी, शशीकुमारी चौधरी, बबिता चौधरी, पिंकीकुमारी चौधरी र सुशिलाकुमारी चौधरी रहनुभएको छ ।
थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारू महिला अब थप सशक्तिकरणमा जोड दिँदै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । थारू भाषा साहित्य केन्द्रका अध्यक्ष (भाषाविद्) भुलाई चौधरीले थारू समुदायले आफ्ना पहिचानका रूपमा रहेको भाषा, संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा थारू समाजलाई समाजलाई स्थापनाकालदेखि नै सल्लाह र सहयोग गर्नेहरूलाई सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै