
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ ।
शिक्षादीप कलेज विराटनगरद्वारा आज आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उहाँले सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
उहाँले तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ अविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले विकासको परिभाषा बाटो, पुल र भवनमात्र नभई मानवीय संशाधन, सूचना प्रविधिको विकास महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।
उहाँले विद्यार्थीहरूको सूचना प्रविधि अविष्कारलाई बजारीकरण गरी राष्ट्रिय पुँजी टेवा पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सूचना प्रविधिको विकासले मुलुकमा विदेशी मुद्रा आर्जन गर्न सक्ने बताउनुभयो ।
त्यस अवसरमा मुख्यमन्त्री कार्कीले विद्यार्थीद्वारा निर्मित हवाईजहाज, संवाद गर्नसक्ने रोबोट लगायत आविष्कारको अवलोकन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै