
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्ने बताउनुभएको छ ।
अरूणोदय माध्यामिक विद्यालयको ६० औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘अरूणोदय स्मारिक लोर्कापण’ कार्यक्रममा अबको शिक्षा राष्ट्रलाई आर्थिक रूपमा समृद्ध बनाई विकास गर्ने खालको हुनुपर्ने बताउनुभयो ।
‘शिक्षालाई देशको विकास र राष्ट्रिय आवश्यकतासँग जोड्न जरूरी छ, शिक्षालाई मुलुक विकासको खम्बा बनाउनुपर्छ’ पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो– ‘सरकार स्थिर छ, यो बेलामा शिक्षा प्रणालीमा आमूल परिर्वतन गर्न जरूरी छ, जसले रोजगारीको खोजीमा भौतारिका युवालाई रोजगार दिन सकोस् ।’
नेपाली शिक्षाको देशको माटो, स्रोतसाधनको अधिकतम प्रयोग गर्ने खालको हुनुपर्ने र शिक्षामा अधिकत सूचना प्रविधिको प्रयोग गरी उत्पादनमा जोड्नुपर्ने उहाँको भनाइ छ । अहिले नयाँ पुस्तालाई देशमा राख्नै कठिन भएको र विगतमा खचाखच हुने विद्यालय आजभोलि सुनसान हुने परिस्थिति देखा परेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो– ‘समय परिर्वतन भएको छ, आन्तरिक बसाइँसराइ पनि बढ्दो छ, सूचना प्रविधिको अधिक विकास भएको छ, यो सबै हेरेर शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ ।’
कार्यक्रममा अरूणोदय माध्यामिक विद्यालयमा पढी राष्ट्रको विभिन्न ओहोदामा रहेर काम गर्ने व्यक्तित्वहरू नेपाल सरकारका सचिव लोकराज पराजुली, फ्रान्सका लागि पूर्व नेपाली राजदूत दीपक अधिकारी, पूर्व अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल, उपसचिव योगेश पराजुली लगायतलाई अरूणोदय गौरव सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले अरूणोदय स्मारिक लोर्कापण–२०८१ को लोकार्पण गर्नुभएको थियो ।स्मारिकामा विद्यालयको स्थापना कालदेखि हालसम्मको इतिहास समेटिएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै