
लुम्बिनी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले सरकारले उद्योगमैत्री नीति बनाउने उल्लेख गर्दै आगामी बजेट उद्योगीको हकहितमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
(बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित दुई मेगावाट क्षमताको सोलार प्लान्टको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले वर्तमान सरकार देशको आर्थिक विकासमा टेवा पु¥याउन औद्योगिक क्षेत्रको विकास र स्वदेशमा रोजगार सिर्जना गर्न नीतिगत सुधारमा लागेको बताउनुभयो । स्वच्छ र नवीकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेको उहाँले बताउनुभयो । मन्त्री भण्डारीले यसले स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने बताउनुभयो ।
मन्त्री भण्डारीले आजै परासीस्थित समृद्धि स्टिल उद्योग र लक्ष्मी हुुन्डाइ एसेम्बलि¬ङ्ग प्लान्टको अवलोकन गर्नुभयो । उद्योग अवलोकनका क्रममा उहाँले उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जनासम्बन्धी प्रत्यक्ष जानकारी लिनुभयो । उहाँले औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिसँग छलफल समेत गर्नुभयो ।
यसैगरी मन्त्री भण्डारीले स्वदेशमै सवारीसाधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा सवारीसाधन निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ