
काठमाडौँ । भारतमा आयोजित हिन्दू मेगा–महोत्सवमा ४२ करोड भन्दा बढी तीर्थयात्रीले भ्रमण गरेका छन् ।
भारत सरकारले शुक्रबार विश्वको सबैभन्दा ठूलो धार्मिक उत्सवमा ४२ करोडभन्दा बढी तीर्थयात्रीले धार्मिक स्नान गरेको बताएको छ । आयोजक अधिकारीहरूले कृत्रिम बौद्धिकता (एआई) र निगरानी क्यामेरा प्रयोग गरेर गणना गरिएको अनुमान गरेका छन् ।
संयुक्त राज्य अमेरिका र क्यानाडाको जनसङ्ख्याभन्दा बढी यो अचम्मको सङ्ख्याको स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव छैन । यो एक अर्ब ४० करोड जनसङ्ख्या भएको विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रका लागि पनि आश्चर्यजनक तथ्याङ्क हो । ‘त्रिवेणी सङ्गममा ४२ करोडभन्दा बढी भक्तजनले डुबुल्की लगाए’ गङ्गा, यमुना र पौराणिक सरस्वती नदीहरूको सङ्गमलाई उल्लेख गर्दै सरकारको प्रेस सूचना व्यूरोले भन्यो ।
उत्तरी शहर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजना हुने प्रार्थना र स्नानको ६ साता लामो हिन्दू उत्सव कुम्भ मेला अझै दुई साता भन्दा बढी समय बाँकी छ । यो जुन फेब्रुअरी २६ मा समाप्त हुँदैछ ।.भारतमा धर्म र राजनीति गहिरो रूपमा जोडिएका छन् । आलोचकले यो उत्सवलाई हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको साख बढाउन प्रवद्र्धन गरिएको बताउँछन् । प्रधानमन्त्री मोदीले आफैँ बुधबार पवित्र स्नान गर्नुभयो ।
मोदीका निकट सहयोगी एवं भारतीय जनता पार्टी (भाजपा) कै आक्रामक साधु योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ र उत्तर प्रदेशमै यो उत्सव भइरहेको छ । आयोजकले क्यामेराको नेटवर्क र माथिबाट उड्ने ड्रोन प्रयोग गरिरहेको बताएका छन् । एआई प्रणालीले भक्तजनको सङ्ख्या गणना गर्न र भीड व्यवस्थापन गर्न डाटा प्रशोधन गरिरहेका छन् ।
तर त्यसले जनवरी २९ मा भएको घातक भागदौडलाई रोक्न सकेन । उक्त भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भयो र ९० अन्य घाइते भए । मृत्युले आदित्यनाथ र उहाँको सरकारको कार्यक्रम उत्कृष्ट व्यवस्थापनको दाबीमाथि धब्बा लगायो । घटनास्थलको ग्राफिक टेलिभिजन फुटेजका बावजुद अधिकारीहरूले घन्टौँसम्म कोही पनि गम्भीर रूपमा घाइते नभएको जिकिर गरे ।
यो उत्सव अमृतको कलश नियन्त्रणका लागि देवता र दानवबीचको युद्धसम्बन्धी हिन्दू पौराणिक कथामा आधारित छ । तीर्थयात्री पवित्र स्नानले उनीहरूलाई मोक्ष प्राप्त गर्न मद्दत गर्ने विश्वास गर्छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै